गृहमन्त्री थापा र अमेरिकी उपसहायकमन्त्री रेन्जबीच भेटवार्ता

काठमाडौँ, १ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्जबीच भेटवार्ता भएको छ ।

बुधबार गृहमन्त्रालयमा भएको सो भेटवार्तामा नेपाल-अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको जनाएको छ ।

भेटको क्रममामा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालिम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरेका छन ।

गृहमन्त्री थापाले नेपालक राजनीतिक स्थिरतासँगै अब तीव्र आर्थिक विकासको चरणमा प्रवेश गरेको जानकारी दिँदै यसमा अमेरिकी सरकार र जनताको सहयोगका लागि उपसहायकमन्त्री रेन्जसँग आग्रह गरे ।

भेटमा उपसहायकमन्त्री रेन्जले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप उचाईमा लैजान आवश्यक रहेको बताउदै उनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, मानववेचविखन लगायतका क्षेत्रमा अमेरिकाले सहयोग गरीरहेको बताउँदै दिँदै त्यो सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेका छन ।

भेटवार्तामा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरी समेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोटी, ५ जेठ । नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रकाश थापा रहेको

काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताले एकताको बाँकी काम टुंगो लगाउने गृहकार्यको लागी आज सचिवालयको बैठक

बर्दिया, ५ जेठ । बर्दिया जिल्ला मालपोत कार्यालयमा आवश्यकता भन्दा ज्यादैकम कर्मचारी हुदा सेवाग्रहीहरु मर्कामा परेका छन् । भूमि सुधार

काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले नै यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारी र बिचौलियबीच गहिरो