१९ पहाडी जिल्लामा सहसचिव र एसपी खटाउने सरकारको तयारी

सरकारले १९ वटा पहाडी जिल्लाको सिडिओमा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपी खटाउने तयारी गरेको छ । धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नती गर्न लागिएको गृहमन्त्रालयले जनाएको छ ।

हाल ४२ जिल्लामा सहसचिव तथा ३५ जिल्लामा सिडिओको उपसचिव दरबन्दी छ। त्यसैगरी दुई जिल्लामा एसएसपी, ४० जिल्लामा एसपी र ३५ जिल्लामा डिएसपी जिल्ला प्रहरी प्रमुख छन् ।

अब ६१ जिल्लामा सहसचिवलाई सिडिओ र एसपीलाई जिल्ला प्रहरी प्रमुखमा खटाउन लागिएको छ। पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, संखुवासभा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख र अछाम र डडेल्धुरामा सहसचिव र एसपी खटाउन लागिएको हो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्या ४ हजार ९ सय ८० पुगेकाे छ भने कुल

काठमाडौँ, १७ जेठ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ३ लाख ६६ हजार २९५ जनाको

काठमाडौँ, १६ जेठ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख हजार ३ हजार ३३० जना रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

काठमाडौँ, १६ जेठ । पछिल्लो २४ घण्टामा ब्राजिलमा २४ हजार १५१ कोरोना संक्रमित थपिएका छन् । यो सँगै ब्राजिलमा कोरोना