उपराष्ट्रपतिको स्वागतमा बालबालिकालाई कष्ठ

कटहरियामा आयोजित जानकी जयन्ती समारोहमा सोमबार विद्यार्थीहरु पानी खोज्दै भौतारिरहेका थिए । करिब ४० डिग्री सेन्टिग्रेडको गर्मीमा हिँडेर आइपुगेका उनीहरु कार्यक्रमस्थलमा खानेपानीको व्यवस्था नहुँदा आकुलब्याकुल देखिन्थे । उपराष्ट्रपति नन्दबहादुर पुनका स्वागतका लागि अनिवार्य उपस्थित हुन पत्र काटिएपछि विद्यालयहरुले उनीहरुलाई ल्याएका थिए ।

कार्यक्रममा एक घण्टासम्म पैदल हिँडेर आएका विद्यार्थी पनि थिए । कतिपय विद्यार्थीले खाली खुट्टै हिँडेका थिए । कटहरिया १ स्थित भषेडवा माविका प्रधानाध्यापक राममंगल राय यादवले नगरपालिकाले विद्यालयका सबै कर्मचारी र छात्रछात्रालाई अनिवार्य उपस्थित गराउन निर्देशन दिएकाले विद्यार्थीलाई ल्याउनु परेको बताए । यो समाचार कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिया, १ साउन ।  बर्दियामा अवैध चोरी शिकारको गर्ने तीन जना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका-१० लम्कीफाँटामा  जनावर चित्तलको

काभ्रेपलाञ्चोक, १ साउन ।  धुलिखेल नगरपालिका-१ देवीटारमा सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । मंगलबार राति घरायसी विवादका क्रममा

काठमाडौँ, १ साउन । गत शुक्रबार चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा सहभागी हुने क्रममा अभिनेता सरोज

महोत्तरी, १ साउन ।  महोत्तरीमा एक जना युवकको सडकमा सव भेटिएको छ । मगंलबार राती विपी राजमार्गको बर्दिवास-३ गौरीडाँडाको स्मृतिपार्क