कृषककाे अनुदान काटेर मन्त्रालयका लागि गाडी खरिद

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकको अनुदान काटेर गाडी खरिद गर्न थालेको छ । चालू आर्थिक वर्षमै चार वटा गाडी खरिद गरिसकेको मन्त्रालयले थप सात गाडी खरिदको प्रक्रिया सुरु गरेको हो । यसका लागि विभिन्न ६ कार्यक्रमबाट तीन करोड ४० लाख रकमान्तर गरिएको छ ।

स्रोतका अनुसार गाडी खरिदका लागि मन्त्रालयतको भवन निर्माणका लागि छुट्याएको बजेटबाट पाँच लाख, विभिन्न जिल्लामा सहकारीमार्फत उत्पादित वस्तु संकलनका लागि भवन निर्माणअन्तर्गत छुट्याएको बजेटबाट ६५ लाख, अर्गानिक कृषि तथा पशुपक्षी अनुसन्धान केन्द्र स्थापनाका लागि छ्ट्याएको बजेटबाट एक करोड रकमान्तर गरिएको छ । यसैगरी स्थानीय अन्नबाली, तरकारी, बिउ, फलफूललगायतका कृषि पैदावारको खरिद, संकलन तथा बजारीकरण शीर्षकको बजेटबाट ५० लाख र भूउपयोगसम्बन्धी बृहत्तर गुरुयोजना निर्माण शीर्षकको बजेटबाट ५० लाख रुपैयाँ रकमान्तर गरेर मन्त्रालयले गाडी खरिद प्रक्रिया सुरु गरेको हो । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोटी, ५ जेठ । नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रकाश थापा रहेको

काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताले एकताको बाँकी काम टुंगो लगाउने गृहकार्यको लागी आज सचिवालयको बैठक

बर्दिया, ५ जेठ । बर्दिया जिल्ला मालपोत कार्यालयमा आवश्यकता भन्दा ज्यादैकम कर्मचारी हुदा सेवाग्रहीहरु मर्कामा परेका छन् । भूमि सुधार

काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले नै यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारी र बिचौलियबीच गहिरो