परीक्षामा ‘इमो’बाट चिट चोर्ने तीन जनालाई मुद्दा

काठमाडौँ, २७ बैशाख । प्रहरीले १२ कक्षाको परीक्षामा मोबाइल एप ‘इमो’ मार्फत् चिट चोर्ने तीन विद्यार्थीमाथि मुद्दा चलाएको छ ।

दिपेश सरदार, रामप्रसाद हुमागाईँ र रञ्जितकुमार मण्डलविरुद्ध जिल्ला अदालतबाट ‘परीक्षामा मर्यादाविपरीतको कसुर’मा मुद्दा चलाइएको हो । वैशाख १५ देखि सञ्चालित कक्षा १२ को मंगलबारको गणित विषयको परीक्षामा तीन जनालाई सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित सर्वोदय मावि परीक्षा केन्द्रबाट पक्राउ गएिको थियो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोली र कन्द्राध्यक्षसहितको टोलीले अनुगमन तथा जाँचको क्रममा सिम्बल नम्बर २१५०१२३१ रहेका सरदार, २१५०१२३२ का हुमागाईँ र २१५०१२३३ का मण्डललाई इमोबाट चिट चोरी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार परीक्षार्थी सरदारले मोबाइलको इन्टरनेट डाटा खुला राखेर इमोमार्फत् गणित विषयको प्रश्नपत्र पठाएर त्यसको उत्तर प्राप्त भएपछि तीन जनाले चोरी गरेर उत्तर लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

उदयपुर, ५ जेठ । सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्डमा पर्ने खानीडाँडामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई

विरगञ्ज, ५ जेठ । बारामा कार्यरत एक नेपाली सेनाको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज श्री बारा दल गण

काठमाडौँ, ५ जेठ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ ।

धादिङ, ५ जेठ । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ