गुगल र एप्पलको एप स्टोरबाट टिकटक हटाउन भारतको आग्रह

एजेन्सी, ३ बैशाख । टिक टकलाई गुगल र एप्पलको एप स्टोरबाट हटाउन भारत सरकारले आग्रह गरेको छ ।

भारतको सुचना तथा प्रविधि मन्त्रालयले गरेको सो आग्रह मानेर गुगल र एप्पले एप झिकेको खण्डमा भारतमा टिकटकलाई ठूलो धक्का लाग्नेछ ।

मद्रास उच्च अदालतले यो एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलीपल्ट नै फेरी सरकारले गुगल र एप्पललाई आग्रह गरेको हो । तर यो आग्रहमा गुगल र एप्पले भने केही प्रतिक्रिया दिएका छैनन् ।

भारतमा यसका करोडौं प्रयोगकर्ता छन् । गत मार्चमा मात्रै आठ करोड ८६ लाख भारतीय प्रयोगकर्ता थपिएको एक अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रोल्पा, १७ जेठ । रोल्पामा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । शुक्रबार त्रिवेणी गाउँपालिका ७ गैरीगाउँको गुठिमधारामा ७५

आज २०७७ साल जेठ १७ गते शनिबार, ज्येष्ठ शुक्ल पक्ष अष्टमी मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज

काठमाडौँ, १६ जेठ । नेपालमा कोराना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास

काठमाडौँ, १६ जेठ । जनकपुरधाम, १६ जेठ । सर्लाहीमा बिँडी सेवन गर्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ ।