सेनाको विमति छैन : सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमा नेपाली सेनाको विमति नरहेको बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले सेनाले सधैं सरकारको निर्णय पालना गर्दै आएको बताए ।

‘हामीले बारम्बार भनेका छौं, सेना नेपाल सरकार मातहतको निकाय हो, सरकारको निर्णयमा उसको कुनै किसिमको विमति रहँदैन,’ मन्त्री बाँस्कोटाले भने, ‘सरकारले लिने हरेक निर्णयमा उसको न कहिल्यै विमति छ, न रहन्छ, अन्तरविरोध चर्काउने प्रयत्न नगर्न म आग्रह गर्छु ।’

सरकारले २८ फागुनमा विप्लव नेतृत्वको नेकपामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपालसहितका दलले वार्ता र संवादमार्फत नै यो समस्या समाधान गर्न सरकारलाई सुझाव दिएका छन् । राजधानी दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021