एसईई परीक्षार्थीलाई पानी पैँचो तिर्नै सकस

ओखलढुंगा – चिसंखुगढी गाउँपालिका–१ कुइभीरका गोपाल अधिकारी एक बोतल पानीले खाना बनाउँछन् । त्यो पानी उनका छोरीहरूले घरबेटीसँग पैंचोमा लिएका हुन् । छोरीले परीक्षा दिएर फर्केपछि पैंचो तिर्नुपर्छ । अधिकारी र दुई छोरीसहित सिद्धिचरण नगरपालिका–२ निसंखेमा डेरा लिएर बसेका छन् । उनीहरूको एसईई परीक्षा केन्द्र हिमालय मावि निसंखे हो ।

डेरामा आएर खाना खाएको हात नओभाउँदै दुई छोरी एक घन्टा दुरीमा रहेको धारामा बोतल बोकेर पुग्छन् । अनि पानी ल्याएर घरबेटीलाई पैंचो तिर्छन् ।

यी दुई छात्राको मात्र होइन, एसईई दिन आएका झन्डै एक हजार विद्यार्थीको समस्या हो यो । परीक्षार्थीहरू बिहान घरबेटीसँग पानी पैंचो माग्छन् र परीक्षा दिएर आएपछि धाराबाट ल्याएर तिर्छन् । ७० वर्षीया मधु पोखरेलले आफूले घन्टौं लगाएर ल्याएको पानी त्यत्तिकै दिन नसकेको बताइन् । उनले भनिन्, ‘कष्ट गरेर ल्याएको पानी बेलुकाका लागि आवश्यक हुन्छ ।’

निसंखेका बासिन्दाले लामो समयदेखि खानेपानी हाहाकार व्यहोर्दै आएका छन् । एक सय ४१ घरधुरी रहेको निसंखेमा खानेपानी जोहो गर्न खोला र खोल्सा धाउनुपर्छ । स्थानीय युवा जीवन कटवाल खानेपानीको बर्सेनी हाहाकार हुने गरेको बताउँछन् । उनले भने, ‘खानेपानीको जोहो गर्नै समस्या छ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021