काठमाडौं, १४ चैत । जुम्लामा घर भत्किँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् ।
गएराति गुठीचौर गाउँपालिका–५ मा धिता बाख्रेचौरस्थित स्याउको बगैँचामा निर्माणाधीन अवस्थामा रहेको दुईतले घर भत्किँदा घाइते भएका रत्नराज गिरीको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
मृतक गिरीकी श्रीमतीको अवस्था भने चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।