विप्लवले कम्युनिस्टको बर्को ओढेर जे गर्न पाइन्छ भन्ने नसोचे हुन्छ : प्रम ओली

काठमाडौं, १४ चैत । प्रधामन्त्री केपी शर्मा ओलीले कम्युनिस्टको बर्को ओढेर जे पनि गर्न पाइन्छ भन्ने नसोच्न विप्लव समूहलाई चेतावनी दिएका छन ।

नेकपाको प्रदेश ३ को पहिलो बैठकमा बोल्दै प्रधामन्त्री ओलीले कम्युनिस्ट भएकै कारण कतिपयले विप्लव समूहप्रति नरम हुनुपर्ने भनेको भन्दै उनले विप्लवले कम्युनिस्टको बर्कोमात्र ओढेको दावी गरेका छन ।

उनले भने, ‘कम्युनिस्टको बर्को ओढेकाले कतिपयलाई केही अप्ठेरो लाग्न सक्छ । गृहमन्त्रीलाई नियन्त्रण गर्न खोजे भनेर पनि आएका छन्’, अनि के गृहमन्त्रीले उनीहरुलाई पड्काउ बम पड्काउ भन्ने ?’

आफूलाई लोकतन्त्रवादी भन्नेले विप्लव समूहलाई समर्थन गर्नु दुखद रहेको बताउदै उनले भने, ‘कठैबरा काङ्ग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा झर्‍यो ।’

प्रधानमन्त्री ओलीले मुलुकबाट विखण्डनवाद समाप्त गर्दा पनि कांग्रेसले छाती पिटेको बताउदै उनले भने,  ‘विखण्डनवाद समाप्त भयो । यता वितण्डा मच्चाउन खोज्नेहरुलाई पनि नियन्त्रणमा लिनुपर्नेछ । यसमा कथित लोकतन्त्रवादी भन्नेहरुले छाती पिट्छन’, उनले थपे, ‘ यी पक्षहरु देखेर मलाई कांग्रेस देख्दा मलाई टिठ लाग्छ ।’

प्रधानमन्त्री ओलीले विप्लव समूह पार्टी नभइ गिरोह भएको बताउदै उनले भने, ‘पार्टी भए कहाँ दर्ता छ ? सीडीओ कार्यालयमा छ कि, गृह मन्त्रालयमा छ कि कुनै घरमा छ ?’, ‘त्यो एउटा गिरोह हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,

काठमाडौँ, २३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भदौमा भएको युवा विद्रोह (जेनजी आन्दोलन) को मर्मलाई

काठमाडौँ, २३ मंसिर । नेपाल भ्रमणमा रहेका भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले प्रधानमन्त्री सुशिला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन्