१० हजारको सेयर भरेका प्रधानमन्त्री ओलीको भागमा २० कित्ता

काठमाडौं, १४ चैत । जनताको जलविद्युत् आयोजना अन्तर्गतको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको सेयर प्रधानमन्त्री केपी शर्मा ओलीको भागमा २० कित्ता परेको छ ।

 बिहीबार उर्जा मन्त्रालयमा आयोजित कार्यक्रमको गरि बाँडफाँट गरिएको थियो । प्रधानमन्त्री ओलीले उक्त आयोजनाको १० हजार कित्ता सेयरका लागि आवेदन दिएका थिए । १० हजार आवेदन दिएको भए पनि जम्मा २० कित्तामात्रै सेयर प्रधानमन्त्रीको भागमा परेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

आयोजनाको आईपीओमा माग गरिएको भन्दा धेरै संख्यामा आवेदन परेको थियो । शुरुमा २० कित्ताका दरले सबै आवेदकहरुलाई बाँडफाँट गरिएको र बाँकी रहेको सेयर गोला प्रथाबाट बाँडफाँट गरिएको हो ।

आयोजनाको धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । उसका अनुसार एक लाख चार हजार २९२ जना आवेदकले २० कित्ताका दरले र ५० हजार २ सय ६७ जनाले ३० कित्ताका दरले आईपीओ पाएका छन् ।

आईपीओमा एक लाख ५४ हजार ६२४ आवेदनबाट ६ करोड ४५ लाख ५२ हजार ९०० कित्ताको आवेदन परेको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ वैशाख । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब म्यान्चेष्टर

काठमाडौँ, ५ वैशाख । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई

काठमाडौँ, ५ बैशाख । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले नेपाललाई

काठमाडौँ, ५ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान