फोहोर मैला व्यवस्थापनमा नेपाल फूलवारी : करिव ४५० डस्वीन वितरण

भक्तपुर, १३ चैत । स्वच्छ, सुन्दर तथा हराभरा वातावरण सिर्जना गर्ने मूख्य उद्देश्यका साथ भक्तपुरमा सञ्चालनमा रहेको नेपाल फूलवारीले फोहोर मैला व्यवस्थापन गर्न दुई चरणमा करिव ४५० डस्वीन वितरण गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी, जिल्ला भक्तपुर शाखाको सहयोग तथा मध्यपुर थिमी नगरपालिका वडा नं. ७ को सहयोगमा नेपाल फूलवारीले उक्त डस्वीन वडा नं. ७ का स्थानीयवासीलाई वितरण गरेको छ ।

पहिलो चरणमा चैत २ गते १९६ वटा डस्वीन वितरण गरेको थियो भने आज २५० डस्वीन आफ्नो सदस्यतालाई वितरण गरेको छ । आज वडाध्यक्ष कृष्ण कुमार प्रजापतीको प्रमुख आतित्थ्ता तथा प्रशासकिय प्रमुख रवीन्द्र श्रेष्ठको उपस्थितीमा उक्त डस्वीनहरु वितरण गरिएको हो ।

सरकारको अभियान समृद्ध नेपाल सुखी नेपालीलाई साकार पार्न विशेष भूमिका निर्वाह गरेको उक्त संस्थाले भक्तपुरमा विभिन्न चरणमा सामाजिक तथा सरसफाईका कार्यक्रमलाई तिव्रता दिइरहेको छ । फूलवारीले हनुमन्ते नदी सफाई अभियान तथा अरनीको राजमार्ग सफाई अभियानलाई विशेष रुपमा महत्व दिईरहेको छ ।

सफाई अभियानको फोहोरलाई संकलन गरी व्यवस्थापन गर्नमा फूलवारीले विशेष भूमिका निर्वाह गर्दै आइरहेको छ । जसमा अरनीको राजमार्ग सफाईमा दैनीक ३ जना सफाई गर्ने कर्मचारी समेत खटाई राजमार्गलाई सफा, सुन्दर तथा प्राकृतिकमय मनाउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न