४० हजार घुससहित दुई कर्मचारी पक्राउ

जनकपुरधाम, १२ चैत । जनकपुरधामका घाँसेबारी बीउ बिजन प्रयोगशालामा कार्यरत दुई जना कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबास कार्यालयबाट खटिएको टोलीले सम्पन्न भइसकेको कार्यको भुक्तानी आदेशदिन सेवाग्राहीसँग घूस लिदैं गरेको अवस्थामा प्रयोगशालामा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा।राम गुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरीलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

घुस लिइसकेको अवस्थामा उनिहरुलाई जनकपुरधाम उपमहानगरपालिका ४ स्थित बिसहाराबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका दुबैलाई नियन्त्रणमा लिइ थप अनुसन्धान शुरु गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि

काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,