गोरखा, १२ चैत्र । गोरखा नगरपालिका(१३ पाँच किलोमा बस र ट्रक ठोक्किदा बसका चालकसहित दर्जन बढी घाइते भएका छन् ।
आबुखैरेनीबाट गोरखाको शेरा आउँदै गरेको ना७ख २०७० नम्बरको बस र गोरखाबाट आबुखैरेनी जाँदै गरेको ना५ख ५८११ नम्बरको ट्रक एकआपसमा ठोक्किदा दर्जन बढी घाइते भएका छन भने घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रमुख दयाराम पौडेलले बताएका छन ।
घाइतेहरुको तनहुँको आबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको र चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





