मन्त्री पुन र बङ्गलादेशी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, १२ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्सबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मगलबार सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटको क्रममा मन्त्री पुनले नेपाल र बङगलादेशको बीचमा भएका सहमति र सहकार्यका बारेमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री पुनले बङ्गलादेशमा केही समयअघि मात्र नयाँ सरकार बनेको भन्दै नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्तगरेका छन ।

बङ्गलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङ्गलादेशबाट निजी क्षेत्रको सहभागिता रहने बताउदै  ऊर्जा क्षेत्रमा लगानीका लागि बङ्गलादेश सरकार इच्छुक रहेको बताएकी छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न