भलिबल खेल्दा विवादपछि भएको झडपमा एकको मृत्यु

बझाङ, ११ चैत । बझाङको सुर्मा गाँउपालिका–५मा भलिबल खेल्दा विवादपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो गाँउमा भलिबल खेल्दा विवाद भएपछि–५ कै १८ वर्षीय जीवन बोहरा र रनु बोहराले १८ वर्षीय आनन्द बिकलाई लौरोले हानेर घाइते बनाएको थिए ।

उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज लाने क्रममा सोमबार बिहान बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रविण धितालले बताएका छन ।

घटनामा संग्लग्न दुवैजना फरार रहेको र दुवै जनाको खोजी कार्य भइरहेकोडीएसपी धितालले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको