प्रधानमन्त्रीले भने, प्रविधि नभएको भए मेरो १२ औँ पुण्यतिथि हुन्थ्यो

प्रधानमन्त्री केपी ओलीले प्रविधिको विकासकै कारण आफूले नयाँ जीवन पाएको बताएका छन् । ‘म आज तपाईहरुसँग हुनु प्राविधिकै कारण हो । १२ वर्षअघि मिर्गौलाको समस्या हुँदा विज्ञान र प्रविधिको सहायताले मैले नयाँ जीवन पाएको थिएँ,’ काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘नत्र अहिले मेरो १२ औँ पुण्यतिथि हुन्थ्यो होला ।’

प्रधानमन्त्री ओलीले सरकार प्रविधिसहितको दिगो विकास गर्न तीव्र गतिमा अघि बढको बताए । ‘सरकार तीव्र गतिमा विकास गर्न प्रयत्नशीत छ । केही वर्षअघिसम्म धेरै कुरामा समान हैसियत र क्षमता रहेको स्विजरल्याण्ड निकै अघि बढ्यो । नेपाल किन पछि परेको छ, त्यसको कारण खोजिनुपर्छ,’ उनले भने ‘अनि, समाधान र विकासतर्फ अघि बढ्नु पर्छ ।’ याे समाचार अन्नपूर्णमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021