भुकम्प पीडितलाई सरकारले सहज ढंगले अनुदान तथा सहुलियत ऋण उपलब्ध गराउन नसकेको गुनासो

भक्तपुर, २९ फागुन । राष्ट्र निर्माण मञ्चले २०७२ बैशाखमा गएको बिनाशकारी भुकम्प पछिको पूनःनिर्माणका सन्दर्भमा हालसम्म भैरहेको प्रगति, अवसर र चुनौति बारे एक बृहत् अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौंको बानेश्वरमा भएको अन्तरकृया कार्यक्रममा बोल्दै पूर्वकानुनमन्त्री एबं प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङ्गले भुकम्प पीडितलाई सरकारले सहज ढंगले अनुदान तथा सहुलियत ऋण उपलब्ध गराउन नसकेको बताउनुभयो । उहाँले लाभग्राहीलाई घर बनाउन किस्ताबन्दी दिनुभन्दा मापदण्ड अनुसार घर बनाउनेलाई एकमुष्ट अनुदान उपलब्ध गराएको भए अधिकांश लाभग्राहीका घर अहिले बनिसक्थे भन्नुभयो ।

किस्ताबन्दीमा अनुदान दिंदा लाभग्राही त्यसकै पर्खाईमा बसेको र आफैं घर बनाउन सक्नेले पनि घर नबनाएको बताउनुभयो । सांसद तामाङ्गले सुरुमै लाभग्राहीलाई अनुदान दिंदा परिवार संख्याको आधारमा दिएको भए घर बनाउने लाभग्राहीको संख्या आजसम्म बढ्ने थिएन भन्नुभयो । आफुले बिगतदेखि नै यी कुरा उठाउँदै आएको भए पनि सरकारले यसमा ध्यान नदिएको बताउनुभयो । उहाँले लाभग्राहीलाई अब दिने भनिएको ३ लाख सहुलियत ऋण सहज ढंगले उपलब्ध गराउनुपर्नेमा जोड दिंदै भुकम्प प्रभाबितलाई थप पीडित बनाउन नहुने बताउनुभयो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुबप्रसाद शर्माले यसअघिको सर्वेक्षणमा छुट भएका भूकम्प पीडितलाई स्थानीय तहले सिफारिस गरि पठाएमा अब अन्तिम पटक लाभग्राही सूचीमा राखेर र निजी आवास पुनर्निर्माणका लागि अनुदान उपलब्ध गराउने बताउनु भयो । शर्माले भूकम्प पीडितको समस्या समाधानका गर्न र छिटो निजी आवास पूनःनिर्माणका लागि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन प्राधिकरणले कार्यविधि तयार गर्दै गरेको बताउदै वास्तविक भूकम्प पीडित नछुटुन र गैरभूकम्प पीडितले अनुदान नपाउन भन्ने बारेमा स्थानीय तहले जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।

बैंकर्स एसोसियसनका कार्यकारी निर्देशक अनिल शर्माले लाभग्राहीले स्रोत देखाउन जटिल भएपछि र बैंकलाई ऋण उठाउने चिन्ता भए पछि बिगतमा सरकारले घोषणा गरेको शहरमा २५ लाख र गाउँमा १५ लाख नगद ऋणको ब्यबस्था संभव नभएको बताउँदै अब अब दिने भनिएको ३ लाख सहुलियत ऋण सहज ढंगले उपलब्ध हुने बिश्वास ब्यक्त गर्नुभयो ।

गुठी संस्थानका आर्किटेक शालिकराम सुवेदीले गुठीको जग्गामा लाभग्राही बस्दै आएको सन्दर्भमा भोग, पुर्जा र रसिद प्रमाणको आधारमा २ जना सँधियार सहित स्थानीय तहले मुचुल्का गरी सिफारीस गरे घर बनाउन अनुदान दिईने बताउनुभयो । गुठी संस्थानले यसमा सहजीकरण गर्न आफुमातहतका कार्यलयलाई निर्देशन दिईसकेको बताउँदै समस्या समाधान नभए संस्थानमा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघका अध्यक्ष जितराम लामाले राष्ट्रिय पुननिर्माण प्राधिकरणकरणले स्थानीय सरकार र जनप्रतिनिधिलाई बिश्वास गरी जिम्मेवारी दिनुपर्ने बताउनुभयो । कार्यक्रममा भुकम्प प्रभावित जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक, सोलुखुम्बु र गोरखा जिल्लाका बिभिन्न नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र जनप्रतिनिधि, कर्मचारी, अधिबक्ता र संचारकर्मीले पूनःनिर्माणको बर्तमान अबस्था र भबिष्यमा गर्नुपर्ने कामबारे जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रममा अधिबक्ता एबम् कार्यक्रम संयोजक सुमन न्यौपानेले मञ्चले ८ जिल्लामा गरेको गतिविधिबारेको परिणाम, प्रगति र समस्याबारे सहजीकरण गर्नुभएको थियो । राष्ट्र निर्माण मञ्चका अध्यक्ष निर्मलकुमार उप्रेतिका अनुसार मञ्चले भुकम्प पीडितका लागि कानुनी सहायता, मानवअधिकार र नागरिकको न्यायमा पहुँच लगायतका बिषयमा बिषेशगरी भुकम्प प्रभावित ८ जिल्लामा कार्य गर्दै आएको छ ।

मञ्चका सूचना अधिकृत सुवास तिमल्सिनाका अनुसार बिनाशकारी भुकम्प पछि मञ्चले जिल्ला जिल्लामा सामुदायीक घुम्ति कानुनी क्लिनिक मार्फत जनचेतना बढाउने, निशुल्क कानुनी सहायता प्रदान गर्ने र सरोकारवालापक्षसँग कानुनी बहस र पैरवी कार्यक्रम संचालन गर्दै आएको छ ।

कार्यक्रममा दोलखा जिल्लाका शैलुङ्ग गाउँपालिका प्रमुख भरत दुलाल, काभ्रेपलान्चोक जिल्लाका धुलिखेल नगरपालिकाका उपप्रमुख बिमला शर्मा, बनेपा नगरपालिकाका उपप्रमुख रेखा दाहाल, भक्तपुर जिल्लाका सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, ललितपुर जिल्लाका महालक्ष्मी नगरपालिकाका उपप्रमुल निर्मला थापा, गोरखा पालुङ्गटार नगरपालिकाका उपप्रमुख पम्फा बस्नेत, ग्रामीण बिकास बिज्ञ मिलन बगाले, अधिवक्ता रञ्जित घिमिरे लगायतले पुननिर्माण बारेका बिभिन्न सुझाब र समस्याका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021