काठमाडौं, २८ फागुन । अब बजारमा ठेला गुडाउदै हिडे १० हजार जरिवाना लाग्ने भएको छ ।
दाङको सदरमुकाम घोराही उपमहानगरपालिकाको बजार व्यवस्थापन उपसमितिले ठेला व्यवसाय गर्नका लागि निश्चित ठाउँहरु तोक्दै बजारमा ठेला राख्न रोक लगाएको हो ।
घोराही बजार क्षेत्रमा करिब १ सय ठेला व्यवसायी रहेको अनुमान छ । कसैले अटेर गरी बजार क्षेत्रको सडकमा ठेला गुडाएको पाइएमा ५ सयदेखि १० हजार रुपैयाँसम्म जरिवाना लाग्ने जनाएको छ ।
ठेला व्यवसायी समितिका अध्यक्ष अजित मन्सुरीले स्थानीय सरकारको नियमलाई आफूहरुले पालना गरी बजार व्यवस्थापनमा सघाउने प्रतिबद्धता जनाएका छन ।