नुवाकोट, २८ फागुन । नुवाकोटमा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएको छ ।
गएराती विदुर नगरपालिका–५ च्वाँडीमा देवीघाटबाट विदुरतर्फ जाँदै गरेको बा ६३ प ५६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट अन्दाजी ५ मिटर तल खस्दा लामाटारका १७ वर्षिय विनोद थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मगरको त्रिशुली अस्पतालमा उपचारको क्रममा राती नै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा पछाडि सवार व्यक्ति भने सामान्य घाइते भएका छन् । सातबिसेका निमेश थापा मगरको सोही अस्पतालमै उपचार भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।