सरकारी गाडीमा तस्करीकाे सामान ढुवानी

हुलाकी राजमार्ग योजना कार्यालयको सरकारी गाडी भारतबाट तस्करीका सामान ओसार्न प्रयोग गरिएको खु्लेको छ । सडक विभागले हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका लागि उपलब्ध गराएको बा १ झ ९६१६ नम्बरको बोलेरो जिप योजना कार्यालय प्रमुखका छोरा आनन्द पटेलले भारतबाट तस्करीको सामान ओर्सान प्रयोग गर्दै आएका छन् ।

आइतबार राति तस्करीको सामानसहित उक्त जिप वीरगञ्ज भन्सार नाकाबाटै पक्राउ परेपछि यो रहस्या खेलेको हो । हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका प्रमुख अनुठालाल पटेलका छोरा आनन्द पटेलले सरकारी नम्बर प्लेटको उक्त जिपमा भारतको रक्सौलबाट हार्डवयरका सामान, राजश्व छलेर वीरगञ्ज ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज भन्सार नाकामा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

उक्त गाडीबाट करिब एक लाख रुपैयाँ मूल्य बराबरको हार्डवेयरका सामान बरामद भएको छ । रक्सौलबाट हार्डवेयरका सामान खरिद गरी आनन्द आफैले चलाएको बोलेरो जिप शंका लागेर भन्सार नाकामा सशस्त्र प्रहरीले जाँच गर्दा तस्करीका सामान बरामद भएको हो । यो समाचार अन्नपूर्णमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १२ फागुन । चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोस्थित सडकमा एचआर ३८ भी २०२१ नम्बरको भारतीय डिब्बा ट्रकमा ग १२ प

काठमाडौँ, १२ फागुन । नेपालमा आजसम्म ४ लाख २९ हजार ७०५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा

दाङ, १२ फागुन । दाङमा कोइलाखानीमा पुरिएर एक जना मजदुरको मृत्यु भएको  छ । घोराही उपमहानगरपालिका १९ राम्चेमा कोइला निकाल्दै

काठमाडौँ, १२ फागुन । लुकाइछिपाइ अवैधरुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २६ हजार ३१० अमेरिकी डलरसहित एक जना बेलायती नागरिकलाई प्रहरीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021