सरकारको नियतमाथि शंका नगर्न अध्यक्ष प्रचण्डको आग्रह

prachanda

काठमाडौं, २७ फागुन । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रवृत्तिलाई समेटेर संविधानको मर्मअनुसार मूलधारको राजनीतिमा ल्याउन प्रयास गर्नु सरकारको जिम्मेवारी भएको भन्दै उनले सरकारको नियतमाथि शंका नगर्न आग्रह गरेका छन ।

सोमबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, आज विहान मात्र प्रधानमन्त्रीजीसँग जनकपुरमा के भएको हो भन्नेबारे छलफल भएको थियो, यो खाली व्यवहारिक रुपले आफ्नो समूहलाई भएको सहमतिको स्पिरिटबारे बुझाउने समय प्रक्रियाका कारणले मात्र त्यसो भएको हो । सरकारलाई कुनै आशंका छैन भनेर प्रधानमन्त्रीजीले जवाफ दिनु भएको छ ।’

सरकारसँग मूलधारको राजनीतिमा आउने सहमति गरेको सिके राउत समूहले जनकपुरमा स्वतन्त्र मधेसको नारा लगाएपछि सरकारले चासो देखाएको छ ।

प्रचण्डले सहमतिको भाषा द्विअर्थी जस्ता भएका कि भन्ने प्रश्न उठेपनि गृहमन्त्रीले संसदमा जवाफ दिइसकेको बताउदै उनले भने, ‘यदि सहमति विपरित जान थाल्यो भने के गर्ने भन्ने निर्णय गर्ने अधिकार सरकारसँग सुरक्षित छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २ असार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको

काठमाडौँ, २ असार । सरकारले विपद् प्रतिकार्य योजना सबै मन्त्रालयलाई परिचालित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको

काठमाडौँ, २ असार । जनता समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ । पार्टीभित्र आन्तरिक विवाद

काठमाडौँ, २ असार । नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा