काठमाडौं, २७ फागुन । दक्षिण कोरिया जान लिइने भाषा परीक्षा जेठ अन्तिम सातामा हुने भएको छ ।
पिएस कोरिया शाखाका अनुसार सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने जनाएको छ ।
परीक्षा फारम चैत ८ देखि १७ सम्म अनलाइनबाट भर्ने सकिने शाखाले जनाएको छ । हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको इपिएस कोरिया शाखाले जनाएको छ ।