डडेल्धुरा, २७ फागुन । डडेल्धुराबाट लागुऔषध चरेससहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तुफानडाँडास्थित आर।के।फास्ट फुड नास्ता पसलका सञ्चालकसमेत रहेका ३६ वर्षीय बहादुरसिंह खड्काले प्याकेट बनाइ चरेस बिक्री गरेको भेटिएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रहरीले खड्काको पसलबाट ३ सय ३५ ग्राम चरेशसमेत बरामद गरेको छ । पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।