नयाँ बिद्यालय सञ्चालन अनुमति नदिइने

काठमाडौं महानगरपालिकाले आउँदो शैक्षिक सत्रमा नयाँ बिद्यालय सञ्चालन अनुमति नदिने निर्णय गरेको छ ।

महानगरका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको समितिको बैठकले आउँदो शैक्षिक सत्रमा शैक्षिक गतिबिधि सञ्चालनका लागि प्रस्तुत गरिएका प्रस्तावमाथि छलफल गर्दै यो निर्णय गरेको हो ।

काठमाडौँ महानगरपालिका, विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद २, नियम (५) बमोजिम सामुदायिक तथा संस्थागत बिद्यालयले आउँदो शैक्षिक सत्रका लागि नयाँ विद्यालय सञ्चालन तथा तह थपको अनुमति र नियम (१८) बमोजिम कक्षा थपका लागि अनुमति माग्न सक्ने व्यवस्था छ ।

तर कक्षा थप, कक्षा ९ सञ्चालन र कक्षा ११ मा बिषय थपका लागि निवेदन दिने सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमनपछि मापदण्ड पूरा गरेकालाई दिने निर्णय गरिएको छ । यस्तै कक्षा ११ र १२ सञ्चालनमा रहेका विद्यालय वा कलेजले मापदण्ड पूरा गरी कक्षा १ सञ्चालनका लागि माग गरेमा सरकारी नीतिअनुरुप प्रतिशैक्षिक सत्रमा एउटा कक्षाको अनुमति दिइनेछ ।

साथै, आउँदो शैक्षिक सत्रदेखि महानगरभित्रका सवै विद्यालयको नामको बोर्ड र परिचयपत्रमा विद्यार्थीको नाम अनिवार्य रुपमा नेपाली भाषामा लेख्न निर्देशन दिइने भएको छ । नेपालको संविधानको धारा ७ को उपदफा (१) मा देवनागरिक लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने भन्ने संवैधानिक प्रावधान रहेकाले बिद्यालयमा यसप्रकारको व्यवस्था गर्न लागिएको कोइरालाको भनाइ छ ।

यस्तै आउँदो शैक्षिक सत्रदेखि विद्यालय शुरु हुनुपहिले राष्ट्रिय गान र कक्षा शुरु हुनुभन्दा पहिले कक्षागत गीत अनिवार्य रुपमा गाउनुपर्नेछ । विद्यालय सञ्चालनको अनुमति, अपग्रेडजस्ता बिषयमा स्वीकृति नै नलिई बिद्यार्थी भर्ना गर्न विज्ञापन गर्ने परिपाटीमाथि समिति कठोर बनेको छ । विद्यार्थी भर्नाका लागि प्रचारप्रसार गर्ने विद्यालयलाई यसो नगर्न शिक्षा विभागले सचेत गराउने र सचेत गराउँदासमेत अटेर गर्नेलाई कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।

विद्यालयमा पुस्तकालय तथा विज्ञान प्रयोगशाला व्यवस्थापन सरकारबाट प्राप्त सःशर्त अनुदान वितरणका लागि अवस्था र आवश्यकता पहिचान गर्ने उद्देश्यले नगर शिक्षा समितिका सदस्य प्रमिला काफ्लेको संयोजकत्वमा रविना महर्जन र शिक्षा विभागका शाखा अधिकृत बुद्धिप्रसाद भट्ट सदस्य रहेको ३ सदस्यीय टोली गठन गरिएको छ ।

टोलीले स्थलगत अध्ययन गरेर विद्यालय छनौट गरेपछि छनौटमा परेकामध्ये ३ वटालाई पुस्तकालय र अर्काे ३ वटालाई बिज्ञान प्रयोगशाला बनाउन जनही ६ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

बैठकले हरेक सामुदायिक बिद्यालय परिसरमा बृक्षारोपण गरी हरियाली बनाउन २५ हजार, शौचालय सरसफाई तथा मर्मत सम्भारका लागि ५० हजार, बाल यौन हिंसा न्यूनीकरण सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्न ५ हजार रुपैयाँका दरले एकमुष्ट ८० हजार रुपैयाँ हरेक सामुदायिक बिद्यालयलाई अनुदान दिने निर्णय समेत गरेको छ । नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, १३ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । आज बिहान ना

काठमाडौँ, १३ फागुन । व्यवस्थापनले श्रमजीवि पत्रकारको हक अधिकारको स्थायित्व गर्नुको साटो उल्टै रोजिरोटीबाटै विमुख हुने अबस्था सिर्जना गराएको भन्दै

काठमाडौँ, १३ फागुन । पूर्वाधार विषयमा समाचार सङ्कलन गरिरहेका सञ्चारकर्मीले खोजी पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ ।  नेपाल आर्थिक पत्रकार

काठमाडौँ, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज बिहिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021