दमौली, २६ फागुन । दमौलीमा यात्रु बोकेको ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
आइतबार दिउँसो ऋषिङ-७ ओख्लेबाट ऋषिङ-५ सपाङदीतर्फ गइरहेको ग१त५३१० नम्बरको ट्याक्टर ऋषिङ गाउँपालिका-६ सार्की चौतारीमा दुर्घटना हुँदा ३५ वर्षीया मैयाँ सिञ्जालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विवाहको भोज खाएर फर्किदै गरेको ट्याक्टर अत्यधिक गतिका कारण दुर्घटनामा परेको हुनसक्ने बताइएको छ । घाइते ६ जनामध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।