सिके राउतसँग जनमत संग्रहको सहमति भएको छैन : गृहमन्त्री थापा

काठमाडौं, २६ फागुन । सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रह गर्ने कुनै सहमति नभएको गृहमन्त्री रामबहादुर थापा बादलले स्पष्ट पारेका छन ।

आइतबार भएको सांसदको बैठकमा सिके राउत स्वयंमले जनमत संग्रह गर्ने सहमतिका रुपमा ब्याख्या गरेपछि सत्तारुढ र विपक्षी सांसदहरुले प्रश्न उठाएका थिए ।

सांसदको बैठककै क्रममा गृहमन्त्री रामबहादुर थापा बादलले स्पष्टीकरण दिएका छन् । उनले भने, ‘भ्रमक कुरा हो । सरकारले यो ढंगले निर्णय गरेको होइन ।’ तराई मधेसलाई नेपालबाट अलग गर्नुपर्ने मागलाई जनमत संग्रहमा लैजाने सहमति गरिएको होइन । यदि उहाँले जनमत संग्रह नै हो भन्नुभयो भने सहमतिविरुद्ध हुन्छ । पुरानो ठाउँमा जान्छ ।’

गृहमन्त्री बादलले भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि राजनीतिक सहमति गरिएको बताउदै उनले भने, ‘यो समूहले नेपाललाई विखण्डन गर्ने वा स्वतन्त्र मधेस देश स्थापना गर्ने लक्ष्य परित्याग गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पूर्वीनवलपरासी, १८ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक जुध्दा दुवै चालकको मृत्यु भएको छ  भने दुई जना

तनहुँ, १८ फागुन । जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब

काठमाडौँ, १८ फागुन । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा हुन्

काठमाडौँ, १८ फागुन । सक्रिय पश्चिमी वायु बाहिरिएसँगै हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021