शंका-षड्यन्त्र, धोकामाथि मेरो विश्वास छैन : प्रधानमन्त्री ओली

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शंका, षड्यन्त्र र धोकामाथि विश्वास नरहेको बताएका छन ।

आइतबार काठमाडौंमा किसान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार र राउत समूहबीच भएको सहमतिमाथि गरिएको आशंकाप्रति असन्तुष्टि जनाएका छन ।

उनले भने, ‘पृथकतावाद छाडेर मूलधारमा आउनु र ल्याउन सफलता र सकारात्मक होइन भने के हो ? ‘शंका छ रे ? भन्ने कुरा भनिराखेको छ उसले । फेरि शंका छ रे ? शंका, षड्यन्त्र, धोकामाथि मेरो विश्वास छैन ।’

प्रधानमन्त्री ओलीले नेपालमा अब पृथकतावादी आन्दोलन समाप्त भएको बताए । उनले भने, ‘अब कुनै पृथकतावाद छैन, पृथकतावादी आन्दोलन, समूह, संगठन केही छैन नेपालमा ।’ केही-केही मान्छे कुनाकाप्चामा छटपटाएको तर, त्यो विरालो रिसायो भने खाँबो चिथोर्छ भने जस्तै मात्र भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा