काठमाडौं, २६ फागुन । नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाले आफ्ना संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विष्फोट गराएको विरोधमा सबै म्यानपवरहरु बन्द रहेका छन् ।
चन्दा नदिएपछि वैदेशिक रोजगार व्यवयायी संघका अध्यक्ष गुरुङको घरमा विप्लब समूहले शुक्रबार शक्तिशाली बम विष्फोट गरएको थियो ।
संघले नै आइतबार म्यानपावरहरु घटनाको विरोध र दोषीमाथि कारवाहीको माग गर्दै बन्द गर्ने निर्णय लिएको छ । संघले आइतबार नै व्यवसायीको आकस्मिक भेला पनि आयोजना गरेको जनाएको छ ।
विप्लब समूहले घटनाको जिम्मेवारी लिइसकेको छ । घटनामा परी ४ जना घाइते भएका थिए भने घरमा आगलागी पनि भएको थियो ।