काठमाडौं, २६ फागुन । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष एवं पत्रकार ऋषि धमला चढेको कार दुर्घटनामा भएको छ ।
आइतबार बिहान रानीबारीस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर आउने क्रममा उनको कार लैनचौरमा दुर्घटनामा परेको जनाएको छ ।
विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल धमलाको कारमा ठोक्किदा मोटरसाइकलमा सवार तीनजना र कार चालक घाइते भएका छन् ।
कार चालक नारायण गौतमको हातमा चोट लागेको छ भने मोटरसाइकलमा सवार तीनैजनाको खुट्टामा चोट लागेको छ । यस्तै, धमला सामान्य घाइते भएको स्रोतले जनाएको छ ।