दुई व्यक्तिलाई एउटै भनी ‘रहस्यमय’ आदेश जारीः महिलाको आधा अंश खोसियो

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दुई फरक व्यक्तिलाई एउटै व्यक्ति भनी आदेश गरेको भेटिएको छ । न्यायाधीशहरू कुमारप्रसाद पोखरेल र गोकर्ण डाँगीको इजलासले फरक–फरक व्यक्ति रहेका नन्दकुमारी थापा र रनकुमारी थापालाई एउटै व्यक्ति भनी किटानी गरिदिएको हो ।

अंशसम्बन्धी विवादको मुद्दामा गरिएको आदेशका कारण पतिबाट अंश नपाएर पीडित बनेकी एक महिलाको आधा अंश खोसिएको छ ।तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्वसदस्य पीताम्बर थापाका ४ वटी श्रीमती थिए । पहिलो र दोस्रो श्रीमतीलाई विभिन्न आक्षेप लगाउँदै उनले घरबाट निकालेका थिए । पहिलो श्रीमतीकी एक छोरी छिन् । तेस्रो श्रीमतीबाट तीन छोरी जन्मिए ।

यस्तैमा उनले चौथो श्रीमती भित्र्याए र उनका साथमा एउटा छोरा जन्मियो । तेस्री श्रीमती सुकुम थापाले दायर गरेको अंश मुद्दामा चलखेल हुँदै जाँदा न्यायाधीशहरूले ‘रहस्यमय’ आदेश गरेको भेटिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ फागुन । थप ७८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३

काठमाडौँ, १६ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त

झापा, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापाको आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा चीन-नेपाल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021