भयावह राजधानी : बासिन्दा प्रदूषणले निम्त्याएका घातक परिणामको सिकार बन्दै

घाम लागे धुलो, पानी परे हिलो ! राजधानीको सडकको अवस्था हो यो । काठमाडौं उपत्यकाको समग्र वातावरणको व्याख्या जति लामो छ उति भयावह पनि । संविधानले आमनागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर राजधानी वायु प्रदूषणले आक्रान्त बन्दै गइरहेको छ । यहाँका बासिन्दा त्यही प्रदूषणले निम्त्याएका घातक परिणामको सिकार बनिरहेका छन् ।

वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. ढुण्डिराज पौडेलसमक्ष पछिल्लो समय सबैभन्दा बढी प्रदूषणकै कारण बिरामी परेका मानिस पुग्ने गरेका छन् । दैनिक आफूले परीक्षण गर्ने १० देखि १५ जना बिरामीमा प्रदूषणकै असर बढी देखिने गरेको उनी बताउँछन् ।

‘कोही घाँटी चिलाउने समस्या लिएर आउँछन्, कोही लामो समय नाक बन्द हुने समस्या लिएर आउँछन् । उनीहरूको समस्या एउटै कारणले निम्तिएको हुन्छ’, डा. पौडेल भन्छन्, ‘कसैलाई धुलोधुवाँको कारण एलर्जी भएको हुन्छ भने कसैलाई यही कारणले पुरानो समस्या बल्झिएको हुन्छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा रहेका सम्पूर्ण राजनीतिक पार्टी तथा राज्यका हरेक तहमा

गलेश्वर, २४ फागुन । “मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही

ललितपुर, २४ फागुन । ललितपुरको महाँकाल गाउँपालिका र काभ्रेको बेथानचोक गाउँपालिकाले अन्तरपालिका सहकार्य तथा समन्वय गर्ने भएका छन् । दुबै

भक्तपुर, २४ फागुन । सूर्यविनायक नगरपालिका वडा नं. २ साविक बालकोट गाउँ विकास समिति वडा नं. १ मा रहेको कित्ता

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021