सूर्यविनायक नगरपालिका : तिब्र विकाससँगै गुणात्मक प्रगति

भक्तपुर, २५ फागुन । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल र गुण्डू रेडियो स्रोत क्लबले शनिवार सूर्यविनायक नगरपालिका वडा नं. ७ (गुण्डू)मा लैङ्गिक समनताका लागि ‘समान सोच र व्यवहार समृद्धिको आधार आधार’ विषयक अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस सूर्यविनायक नगरपालिकाको समग्र विकास निर्माणको सम्बन्धमा स्थानीय र जनप्रतिनिधिबीच छलफल गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तुपरका उपप्रमुख सरीता कुँवरले समुदायले महिलाप्रति गरिने व्यवहारमा जति मात्रामा परिवर्तन आउनु पर्ने हो त्यति आउन नसकेको बताउनुभयो ।  उहाँले विकास निर्माणमा महिलाको प्रत्यक्ष संलग्नता हुँदा विकास निर्माणको कामले तिब्रता पाउने विश्वास व्यक्त गर्नुभयो ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबीन्द्र सापकोटाले सूर्यविनायक नगरपालिकाले विकास निर्माणको काममा गुणात्मक प्रगति गर्दै गएको बताउनुभयो । विकास निर्माणको काममा सबै लाग्नुपर्ने चर्चा गर्दै उहाँले नगरपालिका क्षेत्रमा भएका विकास निर्माण अन्य स्थानीय तहका लागि पनि नमूना बन्दै गएको बताउनुभयो ।

मानविय आस्था नेपालका कार्यक्रम संयोजक जयराम वाग्लेले महिला जागरुक हुँदा मात्र समाजले गुणात्मक प्रगति गर्न सक्ने भन्दै त्यसका लागि संस्थाले सचेतना र जिविकोपार्जन सम्बन्धी कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।

भैरबी आधारभूत विद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेतले स्थानीय तहको निर्वाचनपछि विद्यालयको शैक्षिक र भौतिक अवस्थाले काँचुली फेरिएको बताउनुभयो ।

गुण्डू रेडियो श्रोता क्बलका संयोजक गणेश वाग्लेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सामजिक अनुसन्धान कर्ता अप्सरा भुर्तेल र स्थानीय सहभागिले कार्यक्रमबाट नगरपालिका र टोलमा भएका विकास निर्माणको बारेमा जान्ने अवसर मिलेकोमा खुसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य, संविधानसभाका अध्यक्ष एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले

काटमाठौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको कुनै पनि गतिविधिमा पार्टीका सांसदहरुले

काठमाडौँ, १५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारबाही गर्न

काठमाडौँ, १५ फागुन । संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् । नेपाल,

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021