स्कूटर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

भक्तपुर, २५ फागुन । भक्तपुरमा स्कूटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

शनिबार बिहान सूर्यविनायक नगरपालिका ६ घलातेमा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा ९५ प ३३१८ नम्बरको स्कुटर अनियन्त्रित भई बारमा ठोक्किँदा स्कूटर चालक सिन्धुपाल्चोक लिसंखुपाखा २ घर भई हाल सूर्यविनायक बस्ने २६ वर्षीय राजीव लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका रामेछाप सुनापती ४ घर भई हाल भक्तपुर पाण्डुबजार बस्ने पासाङ तामाङको मध्यपुरठिमी अस्पतालमा उपचार भैरहेको छ ।

उक्त  दुर्घटनाको थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ फागुन । पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक  परिसूचक  देखापर्दै  गर्दा  बैङ्क  तथा  वित्तीय  संस्थाको कर्जा प्रवाह ह्वात्तै

काठमाडौँ, १८ फागुन । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ ।  केन्द्रीय

काठमाडौँ, १८ फागुन । नेपाल राष्ट्र बैंकले आज मंगलबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, १७ फागुन । आज सेयर बजारमा ४०.६४ अंकको सुधार देखिएको छ । योसँगै सेयर बजारले पुनः २५ सय अंक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021