काठमाडौँ, २५ फागुन । विश्वमा विकासको महत्वपूर्ण पक्षको रुपमा रहेको मेट्रो रेलको विकास र विस्तारका क्रममा त्यसको अवसर र चुनौतिलाई सामना गर्दै अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।
शुक्रवार राजधानीमा सोसाईटी अफ कन्सल्टीङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस्को आयोजना तथा काठमाडौँ मेट्रो रेल प्रमोसन ग्रुप, नेपाल इन्जिनियर्स एशोसिएसन, सोसाईटि अफ नेप्लीज, आर्किटेक, जिओटेक्निकल सोसाइटोको सहयोगार्थ ‘Talk on Delivering Complex Infrastructure : and experience from crossrail project in London’ विषयक कार्यक्रममा विश्वका मेट्रो रेल सम्बन्धी भएका क्रियाकलापहरुका बारेमा अनुभवहरु आदनप्रदान भएको हो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संस्थाका प्रोजेक्ट म्यानेजर राजेश पाठकले नेपाल जस्तै अन्य धेरै मुलुकहरुमा मेट्रो रेल सञ्चालनमा रहेको जानकारी गराउनुभयो । उहाँले मेट्रो रेल आर्थिक रुपमा केही मात्रामा खर्चालु भएता पनि सुविधाका हिसावले उत्कृष्ट रहेको बताउनुभयो । उहाँले मेट्रो रेल निर्माणमा स्थानीयको लगानीका साथमा अन्य राष्ट्र तथा व्यक्तित्वको सहयोग लिई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले मेट्रो रेल निर्माणको क्रममा प्राविधिक कुराहरुलाई विशेष ध्यान दिनुपर्ने बताउँदै रेल चलाउने सवालमा त्यसमा फुटफात, साइकल लेनलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले भुगोल, डिजाईन, आर्थिक समस्या लगायतका कुराहरुलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले तीन वटै सरकार, सम्वन्धीत निकाय तथा संस्थासंग एकता र सहकार्य अपरिहार्य रहेको बताउनुभयो । त्यस्तै उहाँले विकास र निर्माणमा सवै राजनीतिक दल तथा प्राविधिक टोलीको सहयोग मूख्य हुने बताउनुभयो ।