६ महिनाभित्र काठमाडौंका १४ हजार कुकुरको बन्ध्याकरण गर्ने

अबको ६ महिनाभित्र महानगर क्षेत्रका सबै कुकुर बन्ध्यकरण भइसक्नेछन् । कामपाको सहयोगमा सञ्चालित मनुभित्र कार्यक्रमअन्तर्गत १४ हजार कुकुरको बन्ध्यकरण हुन लागेका हो ।

हालसम्म करिब ७ हजार कुकुरको बन्ध्यकरण भइसकेको छ । कामपाद्वारा गठित वडास्तरीय पशु व्यवस्थापन समितिको सहयोगमा भएको बन्ध्यकरण कार्यक्रम महानगरको २१ वडामा सम्पन्न भइसकेको छ । अब बाँकी रहेको ११ वटा वडा ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको संयोजक डा. संगीता सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सन् २०१६ अप्रिलमा सिंहदरबारका कुकुर बन्ध्यकरण गरी सुरु गरिएको कार्यक्रम अबको ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । कार्यक्रमअन्तर्गत वडामा रहेका कुकुरको यकिन पहिचान गर्ने र त्यसलाई बन्ध्यकरण र औषधी उपचार गरी सोही स्थानमा छाड्ने प्रचलन रहेको छ । यो समाचार नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ फागुन । थप ७८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३

काठमाडौँ, १६ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त

झापा, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापाको आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा चीन-नेपाल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021