विप्लवका हतियार खोज्दै प्रहरी

गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका हतियार खोज्न देशभरिका प्रहरी कार्यालयमा सर्कुलर गरेको छ। तत्कालीन सशस्त्र द्वन्द्वमा सुरक्षा निकायबाट लुटिएका हतियार विप्लवसँग अझै रहेको आशंका प्रहरीको छ ।

‘द्वन्द्वमा कति हतियार लुटियो एकिन तथ्यांक छैन, तर लुटिएका हतियार अझै विप्लवको पार्टीसँग रहेको आशंका छ’, गृह मन्त्रालयका एक अधिकृतले भने, ‘प्रहरीले गोप्य निगरानीमा हतियार कब्जामा लिन थालेको छ।’ सबै माओवादी एक हुँदा शान्ति सम्झौतापछि हतियार राज्यलाई बुझाएका थिए। तर पटकपटक बेवारिसे अवस्थामा हतियार बरामद हुँदै आएका छन् ।

कपिलवस्तुको प्रहरी र सशस्त्रको संयुक्त टोलीले बुधबार राति विशेष अपरेसन गरी दुर्गाबहादुर रोक्कालाई पक्राउ गरेको छ । उनको घरबाट एसएमजी राइफल २ थान, त्यसको ६८ राउन्ड गोली र म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान र त्यसको म्यागजिन १ थानसहित ३ राउन्ड गोली, ५.५६ क्यालिभरको गोली १ सय ३१ राउन्ड, बम बनाउने सामाग्री र रिमोट समेत बरामद गरेको छ। यी हतियार द्वन्द्वकै बेला लुटिएको आशंका प्रहरीको छ ।

रोक्काको घरबाट प्रहरीले ‘जनमुक्ति सेना नेपाल आधारभूत सैन्य तालिम शिविर २ नम्बर कम्पनी’ लेखिएको ब्यानरसमेत बरामद गरेको छ । रोक्काले सैन्य तालिमका क्रममा ब्यानर टाँसिने गरेको बयान दिएका छन् ।

प्रहरीले नख्खु बम विस्फोटमा संलग्न भएको आरोपमा बुधबार नख्खुबाट केदार खतिवडालाई पक्राउ गरेको छ । उनी विप्लवको पोलिटब्युरो सदस्य रहेको प्रहरीले जनाएको छ । यसअघि अर्का नेता सूर्य भुजेल पक्राउ परेका थिए । भुजेल र रोक्का दुवै विस्फोटका बेला घटनास्थलमै रहेको दाबी प्रहरीको छ ।

प्रहरी प्रवक्ता उत्तम सुवेदीले ज्यान लिनेसम्मका अपराधमा संलग्न भएपछि विप्लवका कार्यकर्तामाथि विशेष निगरानी बढाइएको स्विकारे । उनले भने, ‘बम बनाएर पड्काउने, हतियार राखेर धम्क्याउने र मान्छे मार्न कसैलाई छुट छैन। विशेष योजना बनाएरै प्रहरी परिचालन गरेका छौं ।’ उनले विप्लवसँगका अवैध हतियार बरामद गर्नकै लागि विशेष योजना बनाएर प्रहरी खटिएको बताए ।

गृहले सशस्त्रलाई समेत निर्देशन दिँदै प्रहरी अपरेसनमा सघाउन र नाकामा कडाइपूर्वक जाँच गर्न आदेश दिएको छ। गृहका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले हतियारको आडमा राजनीति गर्न कसैलाई छुट नभएको बताए । उनले भने, ‘यो वा त्यो पार्टी नभनी जो कोही भए पनि अवैध हतियारको आडमा राजनीति गर्ने छुट कसैलाई छैन। त्यसमा प्रहरीले एक्सन लिन्छ ।’ अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा १७ सयले

काठमाडौँ, १८ फागुन । पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक  परिसूचक  देखापर्दै  गर्दा  बैङ्क  तथा  वित्तीय  संस्थाको कर्जा प्रवाह ह्वात्तै

काठमाडौँ, १८ फागुन । नेपाल राष्ट्र बैंकले आज मंगलबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, १७ फागुन । आज सेयर बजारमा ४०.६४ अंकको सुधार देखिएको छ । योसँगै सेयर बजारले पुनः २५ सय अंक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021