डोटी, २४ फागुन । डोटीको सायल गाउँपालिकामा सञ्चालन भएको तीन दिने एकीकृत घुम्ती शिविरबाट ६४९ जनाले नेपाली नागरिकताको प्रमाण पत्र पाएका छन् ।
सायल गाउँपालिकाको सहकार्यमा जिल्ला प्रशासन कार्यालय डोटीले मंगलबारदेखि बिहीबार साँझ सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट ६४९ जनालाई नागरिकता बितरण गरेको जनाएको छ ।
नागरिकता प्राप्त गर्नेहरुमा चार सय महिला र दुई सय ४९ जना पुरुष रहेका छन् । शिविरबाट चिकित्सकद्वारा ३५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र प्रदान गर्नका लागि गाउँपालिकालाई सिफारिस गरिएको छ ।
२५० जनालाई बहुक्षेत्रीय पोषण सम्बन्धी जानकारी लगायतका सेवाहरु प्रदान गरिएको बताइएको छ ।