भोजपुर, २४ फागुन । टेम्केमैयुङ्ग गाउँपालिकाबाट दुर्लभ वन्यजन्तुको छाला, अंग र अवैध हातहतियार प्रहरीले बरामद गरेको छ ।
प्रहरीले शुक्रबार पत्रकार सम्मलेन गरि गाउँपालिकाको वडा नम्बर–२ छिनामखु रुमलाका निरकुमार भुजेलको घरबाट हतियारसहित दुर्लभ वन्यजन्तुको छाला फेला पारेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशवकुमार थेवेका अनुसार सुराकीको आधारमा छापा मार्ने क्रममा भरुवा बन्दुक २ थान, रेड पान्डा (हाब्रे) को छाला १ थान, भालुको छाला र खुट्टाको पन्जा १÷१ थान, निगाले बाघको छाला १ थान, मृगको छाला १ थानसहित भरुवा बन्दुकमा प्रयोग हुने ब्यारेल २ थान र ४ सय ग्राम बारुद फेला पारेको बताएका छन ।
भुजेल वैदेशिक रोजगारीमा गएको भन्ने बुझिएकोले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।