डडेल्धुरा, २४ फागुन । डडेल्धुरामा काठको गोलियाले लागेर एक जनाको मृत्यु भएको छ ।
बिहीबार काठको गोलिया काट्ने क्रममा गोलियाले भागेश्वर गाउँपालिका–४ का ५२ वर्षीय दलबहादुर बिष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
मृतक बिष्टको शवलाई पोष्टमार्टमको लागि डडेल्धुरा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।