काठमाडौं, २४ फागुन । आज १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।
रेक वर्ष मार्च ८ तारिखका दिन मनाइने नारी दिवस ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूलनाराका साथ नारी दिवस मनाउन लागिएको हो ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाउने थालिएको हो ।
दिवसका अवसरमा मन्त्रालय र गैरसरकारी संस्थाले समेत विभिन्न कार्यक्रम गर्ने भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मन्त्री थममाया थापाको अध्यक्षमा मूल समारोह समितिसमेत गठन समेत गरेको छ ।