निर्मला हत्या प्रकरण : ६ प्रहरीसँग बयान

निर्मला पन्तको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको भन्दै मुद्दा दायर गरिएका प्रहरी कर्मचारीसँग बयान लिने क्रम सुरु भएको छ । जिल्ला अदालत कञ्चनपुरमा ६ जनासँग बयान लिन थालिएको हो ।

अदालतमा बिहीबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले प्रतिवादीहरूको बयान लिने र सोहीअनुरुप अघि बढ्ने आदेश गरेपछि ६ जनाको बयान लिने क्रम सुरु भएको हो ।

प्रहरी हिरासतमा रहेका तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, तत्कालीन प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, निलम्बित सईहरू हरिसिंह धामी र रामसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदसँग बयान लिने क्रम सुरु भएको हो ।

तत्कालीन डीएसपी सेठी र तत्कालीन प्रहरी निरीक्षक खड्काको बयान सकिएको छ । दुवैजना निलम्बनकै अवस्थामा प्रहरी सेवाबाट अवकाश भइसकेका छन् । कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहितका ८ जनाविरुद्ध मुद्दा दायर भएको हो । अदालतमा ६ जना मात्रै उपस्थित गराइएपछि उनीहरुको मात्रै बयान लिने थालिएको छ ।

तत्कालीन एसपी डिल्लीराज विष्ट र निलम्बित सीआईबीका डीएसपी अंगुर जीसी भने फरार छन् । ‘दुई छुट्टा–छुट्टै दायर भएको मुद्दाउपर बिहीबार प्रारम्भिक सुनुवाइपछि प्रतिवादीहरुको बयान लिने क्रम सुरु भएको छ’, जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले भने । ‘अन्य दुईजनाको हकमा भने फरार प्रतिवादी देखाइएको छ’, उनले भने ।

मुद्दा दायरलगत्तै अदालतले उनीहरुलाई फरार प्रतिवादी भन्दै २१ दिनभित्रमा उपस्थित हुन म्याद जारी गरेको छ । प्रतिवादीहरुका तर्फबाट प्रारम्भिक सुनुवाइका क्रममा बहस गर्ने कानुन व्यवसायीले मुद्दा प्रारम्भिक चरणबाटै बदर हुनुपर्ने दाबी प्रस्तुत गरे पनि अदालतले भने त्यसमा सहमति नभई बयान प्रक्रिया सुरु गर्न आदेश गरेको हो ।

प्रतिवादीहरुका तर्फबाट बहस गर्ने कानुन ब्यवसायीहरुले हद म्याद सकिएपछि मुद्दा दायर गरिएको र प्रस्तावित मूल मुद्दा दायर नभई यी मुद्दामा कारबाही गर्न नमिल्ने दाबी गर्दै प्रारम्भिक चरणबाटै बदर हुनुपर्ने दाबी प्रस्तुत गरेका थिए । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २४ फागुन । बेलायतमा कोरोना संक्रमितको संख्या गत वर्ष सेप्टेम्बर यताकै सबैभन्दा कम भएको  सरकारी तथ्यांकले देखाएको छ ।

जेनेभा, २३ फागुन । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रमअनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य

काठमाडौँ, २३ फागुन । पछिल्लो साता कोरोना संक्रमणबाट विदेशमा थप दुईजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार

एजेन्सी, २३ फागुन । ब्राजिलमा कोरोनाभाइरसका कारण एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ ।  स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021