नेपाल भारत संयुक्त बैठक : पानीजहाजको टर्मिनल खोजी

नेपालमा जल परिवहन सञ्चालनका लागि नेपाल र भारत संयुक्त टोलीको बैठक बिहीबार काठमाडौंमा शुरु भएको छ ।  बैठकमा नेपालका तर्फबाट ऊर्जा आयोगका सहसचिव तथा जलमार्ग अध्ययन समितिका संयोजक माधव बेल्बासे र भारतको तर्फबाट ‘इन्ल्यान्ड वाटर–वे अथोरेटी अफ इन्डिया’ का उपाध्यक्ष प्रविर पाण्डेको नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी छन् । बैठक शुक्रबारसम्म चल्ने छ ।

यसअघि मङ्गलबार र बुधबार सो संयुक्त टोलीले नेपालका कोशी र गण्डकी नदीमा सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययनका क्रममा टोलीले नेपालमा पानीजहाज रोकिने ठाउँ (टर्मिनल) स्थानको खोजी पनि गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका तीन हप्तापछि नेपालमा जल परिहवन सञ्चालनका लागि नेपाल र भारतको संयुक्त टोलीले कोशी र गण्डकी नदीमा मङ्लबार र बुधबार सम्भाव्यता अध्ययन गरेको हो ।

त्यसक्रममा नेपालमा पानी जहाज रोकिने ठाउँ (टर्मिनल) को समेत खोजी गरिएको उर्जा, जल तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ फागुन । नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अघि बढाउने भनेको अविश्वास प्रस्ताव प्रभावित बनेको छ ।

काठमाडौँ, २३ फागुन ।  नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को नाम सम्बन्धी विवाद न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् । आज बिहान त्रिभूवन विश्वविद्याय  शिक्षण अस्पताल,

काठमाडौँ, २२ फागुन । सत्तारुढ नेकपाको संसदीय दलको बैठक आज बस्दैछ । नेकपाका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक दिउँसो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021