आफ्नै कर्मचारीको निगरानीका लागि अख्तियारले परिचालन गर्‍यो जासुस संयन्त्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै आयुक्त र कर्मचारी आर्थिक अनियमिततामा तानिएको घटना सार्वजनिक भएपछि प्रमुख आयुक्त नवीन घिमिरेको निर्देशनमा प्रतिजासुस संयन्त्र परिचालन गरेको छ ।

तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको प्रकरण सार्वजनिक भएपछि प्रमुख आयुक्त घिमिरेले आफ्नै निकायका पदाधिकारी र कर्मचारीको निगरानीका लागि जासुस संयन्त्र परिचालन गरेका हुन् ।

‘आयुक्त र अन्य कर्मचारी घुस प्रकरणमा जोडिएको पुष्टि हुनु निकै लाजमर्दो विषय हो,’ आयोग उच्च स्रोतले भन्यो, ‘भ्रष्टाचार नियन्त्रण गर्ने निकायकै पदाधिकारी र कर्मचारीका यस्ता गलत हर्कत नियन्त्रणमा समेत प्रतिजासुस संयन्त्र खटाइएको छ ।’ प्रतिजासुस संयन्त्रले आयोगको कार्यालयमै आयुक्तदेखि कर्मचारीसम्मका गतिविधि निगरानी गर्नेछ । आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ फागुन । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनःस्थापनाको विषय पृथक भएकाले पुनःस्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र

काठमाडौँ, १३ फागुन । सरकारले ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

काठमाडौँ, १३ फागुन । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने

काठमाडौँ, १३ फागुन । मिहिनेत गर्नेले हरेक समस्यामा अवसर देख्छ, अल्छीले प्रत्येक अवसरमा समस्या मात्रै देख्छ । हिलोमा कमलको फूल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021