अधिकारी युवा विद्यार्थीको ढुकढुकी, संस्कृति, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा असाधारण काम : प्रम ओली

काठमाडौँ, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकप)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्व. संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री रवीन्द्र अधिकारी युवा विद्यार्थीको ढुकढुकी भएको बताउँदै उहाँले आफ्नो एक वर्षे कार्यकालमा संस्कृति, पर्यटन र नागरिक उड्डययनको क्षेत्रमा असाधारण काम गरी जनताको प्रिय हुनु भएको बताउनुभएको छ ।

नेकपाले आयोजना गरेको दिवंगत पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायत हेलिकप्टर दुघृटनामा परि मृत्यु भएकाको सम्झनामा बिहीबार काठमाडौंमा आयोजित श्रदाञ्जली सभामा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले कामै गरेन भनेर जसरी प्रचार गरिएको थियो त्यसलाई चिर्न मन्त्री बनेको एक वर्षको अवधिमा अधिकारीले असाधारण योगदान दिनुभएको भन्दै प्रधानमन्त्री ओलीले प्रशंसा पनि गर्नुभयो ।

उहाँले भन्नुभयो,, ‘रवीन्द्र अधिकारी एक वर्ष मन्त्री हुनुभयो । एक वर्ष मन्त्री पाउँदा बिर्सन नसक्ने कामहरु गर्नुभयो, कसैले उपेक्षा गर्नै नसक्नेगरी छोडेर जानुभयो । संस्कृति, पर्यटन नागरिक उड्यनको क्षेत्रमा, उहाँको कामको तीव्रता, उहाँका योजनाहरु असाधारण छन ।’ भरतमोहन अधिकारी, रवीन्द्र अधिकारीलगायतको निधनले कम्युनिष्ट आन्दोलनका लागि र देशका लागि ठूलो क्षति भएको भन्दै उहाँहरुको अभाव सधैँ खड्किरहने बताउनुभयो ।

भरतमोहन अधिकारीको निधनले अभिभाव गुमाएको अनुभूति आफूलाई लागेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको लोकतान्त्रिक आन्दोलन, वामपन्थी आन्दोलन, कम्युनिष्ट आन्दोलनमा उहाँको योगदान बिर्सनै नसक्ने खालको रहेको बताउनुभयो । सधैँ काममा विश्वास गर्ने अधिकारीलाई कसैले भुल्छु भनेर पनि नसकिने बताउनुभयो ।

यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवीन्द्र अधिकारी, भरतमोहन अधिकारीजस्ता नेताको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताउनुभयो । मृतकहरुले गर्न चाहेका, गर्न खोजेका राम्रा कामलाई अगाडि बढाए मात्रै उहाँहरुप्रति गरिने श्रद्धाञ्जलीको सच्चा सम्मान हुने भन्दै पार्टीले उहाँहरुले अघि बढाउनुभएको राम्रा कामलाई निरन्तरता दिन कुनै कसर बाँकी नराख्ने बताउनुभयो । शोकलाई उर्जामा बदल्दै राष्ट्र निर्माणको काममा सकारात्म योगदान दिनेगरी पार्टीले काम गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

आङछिरिङ शेर्पा राम्रो काम गरेर छोटो समयमा नेपालको पयर्टन व्यावसाय, एक ढङ्गले सामाज्य जस्तो कायम गर्न सफल व्यक्ति भएको उहाँ भनाइ थियो । उहाँले भन्नुभयो, ‘आङछिरिङ सेर्पा पनि राम्रो काम गरेर छोटो समयमा नेपालको पयर्टन व्यावसायमा, एक ढङ्गले भन्ने हो भने सामाज्य जस्तो कामय भएको थियो । उहाँको बाहिर सञ्चारमाध्यममा पनि आएको थियो । नराम्रो काम गरेर होइन राम्रो काम गरेर ।’ त्यस्तै उहाँलेदिवंगत हुनुभएका सवैको आ–आफ्नै ठाउँमा सवैको देशप्रतिको लगाव अतुलनिय भएको भन्दै राष्ट्रको लागि ठूलो क्षती भएको भन्दै उहाँहरुको सपना तथा योजना सफल बनाउनु नै उहाँहरु प्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ फागुन । हरिवंश आचार्य, नामै काफी छ । नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ । उनले बोल्न थाल्दा

काठमाडौँ, १० फागुन । हलिउड अभिनेत्री जेनिफर एनिस्टनले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेकी छिन् । एनिस्टनले शुक्रबार आफ्नो इस्टाग्राममा

काठमाडौँ, ९ फागुन । बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानलाई जन्म दिएकी छन् । आज बिहान मुम्बइको ब्रिज क्यान्डी अस्पतालमा

काठमाडौँ, ९ फागुन । वरिष्ठ अभिनेता तथा क्याप्टेन बिजय लामा अभिनित ‘मान्छे’ बोलको म्युजिक भिडियो रिलीज भएको छ । जीवन शाहीको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021