डिसी प्रोडक्शनद्वारा ‘एलजी फिल्म अवार्ड २०७५’ संपन्न (विजेताको नामसहित)

(भदौ ३१, काठमाडौं) । द दिनेश डिसी प्रोडक्शनद्वारा आयोजित ‘एलजी सिने सर्कल अवार्ड’को तेस्रो संस्करण आइतवार राजधानीमा सम्पन्न भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यता तथा बलिउड सुपरस्टार गोविन्दाको विशेष उपस्थितिमा सम्पन्न अवार्डमा शिशिर राणा निर्देशित फिल्म ‘तिमीसँग’ उत्कृष्ट ठहरिएको छ ।

अवार्डमा ‘भुइँमान्छे’ बाट नवराज बुढाथोकीले उत्कृष्ट निर्देशकको अवार्ड आफ्नोतर्फ गर्दा अभिनेता नाजिर हुसेनले फिल्म ‘तिमीसँग’ बाट उत्कृष्ट नायकको अवार्ड आफ्नो पोल्टामा पारे । यस्तै, फिल्म ‘पञ्चायत’ बाट अभिनेत्री नीता ढुंगानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् ।

फिल्म ‘लिलिबिली’ बाट वर्षको पपुलर अभिनेता प्रदीप खड्काले पाए भने ‘छक्का पञ्जा २’ बाट प्रियंका कार्की पपुलर अभिनेत्री बन्न सफल भइन् । अवार्ड समारोहमा मृगौला रोगबाट पीडित ‘राँको’ ‘करोडपति’, ‘सिमारेखा,’  ‘घामछायाँ, ‘एक नम्वरको पाखे’, ‘कर्जा’, ‘घुम्टो’ जस्ता दर्जनौ नेपाली फिल्म निर्देशक किशोर राना ५१ हजार सहित लाईफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए ।

अवार्ड समारोहमा बोल्दै बलिउड अभिनेता गोविन्दाले ससुराली देशमा मिलेको प्रेमले मन प्रफुलित भएको बताए । उनले भने, ‘नेपाल मेरो पहिलो प्रेम हो । किनकी मैले पहिलो प्रेम नेपालकी छोरीसँग गरेको थिएँ ।’ उनले नेपाली अभिनेत्रीहरुको सौन्दर्यको पनि प्रशंसा गरे । उनकी छोरी टिना अहुजाले उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड प्रदान गरेकी थिइन् ।

अवार्ड विजेताहरु :

१. पोस्टर अफ दि इयर : शत्रुगते, सान थापारविजय वश्याल
२. ट्रेलर अफ दि इयर : सुरेन्द्र पौडेल – कृ
३. स्टण्ट अफ दि इयर : पिंजडा ब्याक अगेन – सिम्पसन तामाङ
४. पपुलर गीत अफ दि इयर : कुटुमा कुटु – ‘दुई रुपैयाँ’
५. भिएफएक्स अफ दि इयर : माओत्सु मुकामी – माइलभ
६. कम्मेन्डेवल फिल्म अफ दि इयर : पञ्चायत
७. पपुलर एक्टर अफ दि इयर : प्रदिप खड्का
८. पपुलर एक्ट्रेस अफ दि इयर : प्रियंका कार्की
९. व्याकग्राउण्ड स्कोर अफ दि इयर : एलिश कार्की
१०. एडिटर अफ दि इयर : मित्र डि गुरुङ – शत्रुगते
११. स्क्रिनप्ले अफ दि इयर : तिमीसँग
१२. सिनेमाटोग्राफर अफ दि इयर : भुइँमान्छे, बिदुर पाण्डे
१३. एक्सन डिरेक्टर अफ दि इयर : चन्द्र पन्त – कृ
१४. कोरियोग्राफर अफ दि इयर : कविराज गहतराज – कुटुमा कुटु
१५. प्लेब्याक सिंगर अफ दि इयर ‘मेल’ : सुगम पोखरेल – भन्छु आज
१६. प्लेब्याक सिंगर अफ दि इयर ‘फिमेल ’ : मेलिना राई – कुटुमा कुटु
१७. अन स्क्रिन कपल अफ दि इयर : रमेश उप्रेती र दीपिका प्रसाईं
१८. म्युजिक डिरेक्टर अफ दि इयर : अर्जुन पोखरेल – भन्छु आज
१९. एक्ट्रेस अफ दि इयर : नीता ढुङ्गाना – पञ्चायत
२०. एक्टर अफ दि इयर : नाजिर हुसेन – तिमीसँग
२१. डिरेक्टर अफ दि इयर : नवराज बुढाथोकी – भुइँमान्छे
२२. फिल्म अफ दि इयर : तिमीसँग
२३. क्रिटिक्स अवार्ड : पुष्पल खड्का
२४. लाइफटाइम एचिभमेन्ट अवार्ड : किशोर राना

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने