सञ्चारिका समूहको अध्यक्षमा पण्डित सहित १३ जना निर्विरोध निर्वाचित

(भदौ ३१, काठमाडौं) । महिला पत्रकारहरुको छाता संगठन सञ्चारिका समूहको अध्यक्षमा निरु पण्डित सहित १३ जना निर्वाचित भएका छन् ।

आज भएको समूहको ७ औं महाधिवेशन, २२ औं साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल तथा महिला, वालवालिकातथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको आतित्थमा उक्त कार्यक्रम भएको थियो ।

कार्यक्रममा आगामि दूई वर्षको लागि नयाँ नेतृत्वको लागि मनोनयन पश्चात निर्विरोध रुपमा उक्त १३ जना नै चयन भएका हुनुभएको हो । समूहको अध्यक्षमा पडित, उपाध्यक्षमा कमला पन्थी, महासचिवमा बिमला थुम्खेवा, सचिवमा यशोदा अधिकारी, कोषाध्यक्षमा सीमा शर्मा चयन हुनुभएको छ ।

यसै गरी सदस्यहरुमा कविता थापा, कृति भट्टराई, दुर्गा कार्की, बसन्ती वास्तोला,सञ्चिता घिमिरे, उर्वशी बस्न्यात, रुबी रौनियार, पवित्रा सुनार रहनुभएको छ ।

निर्वाचित कविता थापा प्रेस चौतारी नेपाल भक्तपुरको अध्यक्ष तथा पत्रकार महासंघ भक्तपुर शाखाको उपाध्यक्ष समेत हुनुहन्छ । थापा विगत १२ वर्षदेखि पत्रकारीता पेशामा रही हाल गोरखापत्र संस्थामा फोटो पत्रकारको रुपमा कार्यरत हुनुहुन्छ ।

२३ वर्ष अघि स्थापना भएको उक्त संस्थाले महिलाहरुको हक, हित तथा अधिकारको निम्ती कलम चलाउने गर्दछ । संस्थाले विगतमा महिलाको क्षमत अभिवृद्धि, तालिम तथा विभिन्न प्रकारका गोष्ठिहरु सञ्चालन गरी प्रविधिमैत्री बनाउने प्रयास स्वरुप देशका सम्पूर्ण जिल्लाहरुमा आफ्नो कार्यलाई निरन्तरता दिई आइरहेको छ ।

प्रत्येक दुई दुई वर्षमा हुने नयाँ नेतृत्वको छनौंटमा कुनै पनि अध्यक्षले दुई कार्यकाल भन्दा वढी नेतृत्व लिन नपाउने व्यवस्था अनुरुप यस पटक सर्वसम्मत रुपमा नेतृत्व परिवर्तन भएको हो । महाधिवेशनले लैङ्गिकमैत्री सञ्चारगृह हुनुपर्ने लगायतका ११ बँुदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021