पत्रकार महासंघद्वारा डेढ महिने दबाबमुलक कार्यक्रमको घोषणा

 (भदौ ३१, काठमाडौं) । नेपाल पत्रकार महासंघले भदौदेखि लागु भएको मुलुकी फौजदारी संहिता ऐन र मुलुकी देवानी संहिता ऐन संशोधनको माग राखेर दबाबमुलक कार्यक्रम गर्ने घोषणा गरेको छ ।

महासंघले आइतबार असोज १० गतेदेखि कार्तिक १५ गतेसम्मका लागि विभिन्न कार्यक्रम घोषणा गरेको हो ।  १० असोजमा सरकारद्वारा गठित कार्यदल र विज्ञसँग छलफल गर्ने भएको छ ।

महासंघद्वारा जारी विज्ञप्ति अनुसार १७-२३ असोजसम्म फौजदारी र देवानी संहिताले प्रेस स्वतन्त्रतामा पार्नसक्ने असरहरूका बारेमा सञ्चार प्रतिष्ठानहरूमा गई छलफल तथा अन्तरक्रिया गर्न भएको छ  । २५ असोजमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा महासंघले तयार पारेको ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘मुलुकी संहिता ऐन संशोधन गर’ भन्ने नारा प्रकाशन र प्रसारण गर्ने महासंघको तयारी छ ।

महासंघले १५ कार्तिकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई मुलुकी संहिता ऐन संशोधनका बारेमा पुनःस्मरण गराउने र डेढ महिनाभरी प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियटले अन्तरक्रियात्मक दबाब कार्यक्रम गरिने भएको छ । शाखाहरूको साधारणसभामा पनि संहिता संशोधनका विषयमा छलफल चलाउने निर्णय भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021