विकास निर्माणमा राज्यका तीनै तहमा पुलको रुपमा भूमिका निर्वाह गर्छु : सांसद वस्नेत

(भदौ ३१, भक्तपुर) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकासको निम्ती राज्यका तीन तहमा पुलको रुपमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

शनिबार कमेरोटार नगर विकास संयोजन समाजको दोस्रो साधारण सभालाई उद्घाटन गर्दै सांसद बस्नेतले राज्यको स्रोतसधानलाई अधिकतम मात्रामा भक्तपुमा ल्याउन सक्नुनै जनप्रतिनिधि सफल भएको मान्न सकिने बताउनुभएको छ । नेपाली जनताले तिरेको करबाट प्राप्त नेपाल सरकारको स्रोतसाधन ल्याउन नसकेमा जनप्रतिनिधि असफलको बाटोमा जाने बताउनुभएको छ ।

नगर विकासमा सामुहिक सहभागिता भन्ने कुरालाई आत्मासाथ गर्दै सांसद वस्नेतले विकास निर्माणका कार्यहरुमा सवैको सहभागितामा मात्र सम्पन्न गर्न सकिने बताउनुभएको छ । सिमित श्रोत साधनका माध्यमबाट असंख्य कामहरु सम्पन्न गर्नुपर्ने वताउँदै सांसद वस्नेतले जनताले राज्यलाई तिरेको कर भक्तपुरको विकासका लागि आवश्यक मात्रामा ल्याउन नसकिरहेको तितो यथार्थ रहेको बताउनुभएको छ ।

जनप्रतिनिधिको लागि सेवा धर्म नभई कर्तव्य भएको बताउँदै सम्बन्धीत सरोकारवाला निकाय, संघसंस्था तथा स्थानीयवासी मिलेर हातेमालो गर्दै अघि वढेमा विकासलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । जनतका समस्याहरु आफु जानकार रहेको भन्दै सर्वसाधारणमा हामी नयाँ र तपाई पुरानो भन्ने प्रवृत्तिका मनोविज्ञान भएकाले नेतृत्वले त्यसलाई टोड्नुपर्ने बताउनुभएको छ ।

राजनैतिक तथा सामाजिक क्षेत्रमा लाग्न सवैमा त्याग र तपस्या हुनपर्ने भन्दै सांसद वस्नेतले भन्नुभयो ‘राजनीतिमा हार र जित ठूलो कुरा हैन, उसको निरन्तरता, प्रतिवद्धता तथा क्रियासिलता मुख्य कुरा हो ।’

आफ्नो क्षेत्रको सामाजिक सेवामा आफु सदैव लागि परिरहने बताउँदै उहाँले भन्नेभयो ‘आन्तरिक विवादका कारण कमेरोटारका जनताले केही मात्रामा दुःख पाएको वास्तविकता हो, आगामि दिनमा त्यो दुःखलाई भुल्नेगरी विकास निर्माणका कार्यमा लाग्नुपर्छ ।’ उहाँले कमेरोटारको परियोजनामा एक अर्व ११ करोड रुपैया स्वीकृत गरेको समेत जानकारी गराउनुभएको छ । जसमा करिव ६७ करोड बजेट सडक, २६ करोड रकम सार्वजनिक कार्यमा, २३ करोड बजेट खानेपानीमा तथा डेढ करोड विद्युतमा छुट्याइएको समेत जनाकारी गराउनुभएको छ ।

कार्यक्रममा सांसद वस्नेतले बजेट कार्यान्वयनको लागि उक्त समाजको महत्वपूर्ण भूमिका रहने भन्दै विकास निर्माणका कार्यमा समाजले मुल्याङकन तथा खवरदारी गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

विगतमा आएको वाढीका कारण भक्तपुरमा भएको क्षतीलाई मुल्याङकन गर्दै आगामी दिनमा त्यसलाई स्थायी रुपमा व्यवस्थापन गर्न आवश्यक कामहरु अधि वढिसकेको वताउँदै उहाँले आगामि हिउदमा त्यस सम्बन्धी कामहरु जनताले देख्ने गरी द्रुत गतिमा अघि वढ्ने जनाउनुभयो ।

जनताको सुरक्षा नै पहिलो कुरा भएको भन्दै उहाँले भन्नुभयो ‘वागमती परियोजनाले उपत्यका प्राधिकरण विकास परियोजनको सहयोगमा हनुमन्ते कोरिडोर निर्माणका लागि ८१ करोड रकम विनियोजन गरेको छ । नयाँ नयाँ प्रविधियुक्त हनुमन्ते नदीको कोरिडिर निर्माण गर्ने जसमा दुवै साइडमा २०/२० मिटर तथा नदीको चौडा २० मिटरको गरी जम्मा ६० मिटरको निर्माण हुन्छ ।’

नेपाल सरकारले विकास निर्माणका काममा क्षतीपूर्ति तथा मुआब्जा दिएर गर्न नसक्ने समेत बताउनुभएको छ । त्यस्तै मेलम्चीको खानेपानी व्यवस्थापन गर्न ३८ करोड लिटर क्षमताको ट्याङकी निर्माणको क्रममा रहेको जसमा भक्तपुरका जनताले उपभोग गर्न पाउने जानकारी गराउनुभएको छ । त्यस्तै दिर्घकालित तथा अन्तरकालिन गरी खानेपानी व्यवस्थापनका कार्यहरु अघि वढेकाले आगामि दिनमा उक्त समस्यावाट जनता मुक्त हुने समेत दावि गर्नुभएको छ ।

नेपाल सरकारले विकास गर्ने नयाँ सहरमा चारवटा भक्तपुरमा नै पर्न सफल भएको भन्दै सांसद वस्नेतले ५० हजार क्षमताको रंगशाला, मध्यपुरमा पाँच हजार क्षमताको सभागृह, सूर्यविनायक नगरपालिकामा प्राणी उद्यान केन्द्र, दधिकोटमा कवोर्ड हल निर्माण, आधुनिक वीर अस्पताल बनाउने प्रकृया अधि वढी सकेको बताउँदै आगामि दिनमा भक्तपुरको मुहार फेरीएको जनताले अनुभुति गर्ने बताउनुभएको छ ।

त्यस्तै उहाँले भत्तपुरको विकास विरोधिले सानो सोचबाट नहेर्न आग्रह गर्दै अराजकताको विरुद्धमा सम्पूर्ण भक्तपुरवासी जनता एक ढिक्का भई लाग्नुपर्ने औल्याउनुभएको छ ।

देशमा संघियता, कानुन, ऐन तथा संविधान निर्माण/कार्यन्वयनको चरण रहेकाले निर्धारित समयमा ऐनहरु पास गरिसक्नुपर्ने बताउनभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021