‘विकास बहस’मा फ्रेड्स सर्भिस : दीर्घकालीन योजना कार्यान्वयनमा जोड

(भदौ ३१, काठमाडौं) । महालक्ष्मी नगरपालिकाक्षेत्रमा विकास निर्माणका काममा सहयोग पुर्याउने उद्देश्यले सरोकार भएका निकायका पदाधिकारको सहभागितामा अल्पकालीन तथा दीर्घकालीन योजना कार्यान्वयनमा जोड दिदै ‘विकास बहस’ गरिने भएको छ ।

फ्रेड्स सर्भिस काउन्सिल नेपालले शनिबार आयोजना गरेको छलफलमा उक्त संस्थाका संरक्षक सूर्यबहादुर थापाले प्रत्येक महिनामा विकास निर्माणका विविध विषयमा सम्बन्धित निकायका पदाधिकारी, सरोकार भएका व्यक्तिहरू र पत्रकारसमेतको सहभागितामा यस्तो बहस गरिने जानकारी दिनुभयो । उहाँले विकाससँग सम्बन्धित मुद्दा पहिचान गरी प्राथमिकता दिने, अल्पकालीन तथा दीर्घकालीन योजना बनाएर कार्यान्वयका लागि पहल गरिने, आवश्यक परेमा प्राविधिक सहयोग उपलब्ध गराइने र विशेषज्ञबाट प्रशिक्षण समेत दिइने जानकारी दिनुभयो ।

छलफलमा प्राडा ज्ञानबहादुर थापा, प्राध्यापक पुष्प राई, नर्सिङ एशोसिएशनका पूर्व अध्यक्ष प्रा सरला केसी, उक्त नगरपालिका–१ का वडाध्यक्ष नन्द न्यौपाने, शिक्षाविद् विजय बानियाँ, लामाटार गाविसका पूर्व अध्यक्ष चिरञ्जीवी आचार्यलगायतले सडक, खानेपानी, शौचालय, प्राकृति संपदा, शिक्षा, स्वास्थ्य सेवा, कर, पर्यटकीय विकासलगायतमा बहस चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँहरूले यस क्षेत्रबाट निर्वाचित नेताहरूले निर्वाचनका बेला घोषणपत्रमा उल्लेख गरेका कुरा कार्यन्वयनका लागि पहल गराउन जोड दिनुपर्ने र नेताहरूले जनसंपर्क बढाउनुपर्ने सुझाव पनि दिनुभयो ।

पहिलो काम ग्वार्खु-लामाटार सडकको अवस्था र निर्माणमा भएको ढिलाइको वारेमा सरोकारवाला राखेर छलफल गर्ने सहमती भएको छ । विभिन्न विषयगत समुहहरू निर्माण गरी विषयगत विज्ञहरूको राय सुझाव अनुसार योजना निर्माण गर्ने पनि सहमती भएको छ। यस्को साथै महालक्षमी विकास साइडको निर्माण गरि सुचनाहरू प्रवाह गर्ने विषयमा पनि छलफल भएको छ। नगर पालिकाको २० वर्षें गुरू योजना र अवधिक योजना निर्माण गर्ने सवालमा समेत विज्ञहरूको तर्फवाट नगर पालिकाले सहयोग माग गरेमा तेसमा समेत पुरयाउने छलफल भएको छ । विशेष त विकास राजनीतिको वारेमा वहस र छलफल गर्नको लागि विकास वहस कार्यक्रम संचालन गरिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड